दफा ८९
एकपटक मात्र फिरादपत्र दिनु पर्ने

(१) कुनै व्यक्तिले एकै विषयमा दफा ८७ बमोजिम कुनै व्यक्ति उपर एक अदालतमा फिरादपत्र दिई सकेपछि त्यही विषयमात्यस्तो अदालत वा अन्य कुनै अदालतमा त्यस्तो व्यक्ति उपर अर्को फिराद दिन सक्ने छैन ।
(२) एकै विषयमा एउटा पक्षले कुनै एक अदालतमा, अर्को पक्षले अन्य अदालतमा वा दुवै पक्षले एउटै अदालतमाछुट्टाछुट्टै फिरादपत्र दिएमा पहिले दर्ता भएको फिराद बमोजिम मुद्दाको कारबाही भई अरु फिरादपत्र खारेजहुनेछ।तर कानून बमोजिम दुवै पक्षको फिराद लाग्ने वा दुवै पक्षले फिराद गर्नु पर्ने अवस्थामा दुवै फिरादपत्रउपर कारबाही गर्न कुनै बाधा पर्ने छैन ।